नियम ५७
सेवाको वर्गीकरण
: (१) नियम ५६ बमोजिम दर्ता भएको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई पूँजी, प्रविधि, गुणस्तर जनशक्ति तथा अन्य कुराको आधारमा विभागले वर्गीकरण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम वर्गीकृत फर्म, कम्पनी वा संस्थाले पालना गर्नु पर्ने शर्त तथा कायम गर्नु पर्ने गुणस्तर कायम गरे नगरेको सम्बन्धमा विभागले आवश्यकता अनुसार समय समयमा निरीक्षण गर्न सक्नेछ ।